<b>फागुन, काठमाडौं।</b> बलिउड अभिनेत्री कटरीना कैफ सुटिङको क्रममा घाइते भएकी छिन्। मिडियाका अनुसार अनुराग बाशुको अपकमिंग फिल्म 'जग्गा जासुस'को सुटिंगका क्रममा उनी घाइते भएकी हुन्।
उनको गर्धन र ढाडमा चोट लागेको बताइएको छ।उनलाई डाक्टरले आराम गर्न सल्लाह दिएका छन्। जसका कारण जी सिने अवार्डस् का लागि उनले दिने भनिएको डान्स पर्फमेन्स पनि रद्द भएको छ्।
यसबारे मिडियासंग कुरा गर्दै कट्रीनाले यो एक आकस्मिक दुर्घटना भएको र अवार्ड शो को लागि प्रस्तुति दिन कोशिस गरेपनि नसक्ने भएको बताएकी छिन्। एजेन्सी