![...](https://artistkhabar.com/wp-content/uploads/2024/07/ba97e79cbf3b7b3b8b533c45e90111181489290935.jpg)

फागुन, काठमाडौं । नायक आर्यन सिग्देलले होलीमा आँफुले ड्रिङ्क नगर्ने बताउँछन् । रङहरुको पर्व होलीलाई साधारण रङको प्रयोग गरेर होली पर्व मनाउने र खानपिनमा त्यस्तो खासै स्पेशल केहि नहुने उनी बताउँछन् ।

सबैसँग राम्रो ब्यवहार र सहमतिमा खेल्नुपर्ने बताउने आर्यनले सानो छँदा पनि आँफुलाई होली खासै रमाइलो नलाग्ने र खासै खेल्ने नगरेको बताउँछन् । आर्यनले पछिल्लो पाँच बर्ष यता फिल्मकर्मि तथा साथीभाईहरुसँग होली खेल्दै आएका छन् । सानो छँदा रङहरु खासैमन नपर्ने भएकोले पनि होली खेल्ने नगरेको र पछि बिस्तारै मन पर्दै गएको बताएका हुन् ।