<p><b>चैत्र, काठमाडौं।</b>बलिउड तथा हलिउड फिल्महरुमा आफ्नो छुट्टै स्थान बनाएकी प्रियंका चोपडाले अब नेपाली भाषाको फिल्म बनाउन लागेकी छिन्। उनले बनाउन लागेको फिल्म ‘पाहुना’को आधिकारिक घोषणा भइसकेको छ। सिक्किम पर्यटन मन्त्रालय तथा प्रियंकाकी आमाको प्रमुखत्वमा रहेको फिल्म कम्पनी ‘पर्पल पेबल’ को सहकार्यमा बन्न लागेको यस फिल्ममा नेपालको दस वर्षीय सशस्त्र द्वन्द्व काललाई उजागर गरिने बताइएको छ।</p><p>फिल्ममा सशस्त्र द्वन्द्वका बेला बाबुआमाबाट छुट्टिएर सिक्किम पुगेका तीन बालबालिकाको कथा रहनेछ।मिडियासंग कुरा गर्दै प्रियंकाले आफुले सोचेजस्तै कथामा फिल्म बनाउन पाएकोमा खुसी व्यक्त गरेकी छिन्। </p><p>सिक्किमको सेरोफेरोमा तयार पारिने भनिएको यस फिल्ममा प्राविधिक र कलाकारहरु पनि सिक्किमकै रहने बताइएको छ। फिल्मका लागि तिन वर्ष अघि मेरी बास्सैमा अभिनय गरेकी मन्जु क्षेत्री सहित अन्य पाँच कलाकार हरु छानिइसकेको छ।</p>