<p><br></p><p><b>चैत,काठमाडौं।</b> भुइँचालोपछि भत्किएका स्कुलहरुको पुनर्निर्माण गरिरहेको सामाजिक संस्था घाँसी नेपाल लाई गायिका आनी छोइङ डोल्माले हालै नगद रकम सहयोग गरेकी छिन्। उनले विद्यालय भवन निर्माणका लागि १४ लाख ७ हजार ५ सय ८५ रुपैयाँ सहयोग गरेकी हुन्। </p><p>काठमाडौंको गोकर्णेश्वर नगरपालीकास्थित तारेभिर प्राथमिक विद्यालयको ३ कोठे भवन निर्माणका लागि आनीले उक्त रकम सहयोग गरेकी हुन्। चेक मार्फत सहयोग रकम हस्तान्तरण गर्दै उनले आत्माशान्तिका लागि सहयोग गरेको बताएकी छन्।भुइँचालोले भत्किएका स्कुलहरुको पुनर्निर्माणमा लागिपरेको घाँसी नेपालले आनीको सहयोगले संस्थाका लागि निकै ठुलो काम गर्ने बताएको छ। </p>