चैत, काठमाडौं । हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे)ले सरकारलाई आफ्नो गुनासो पोखेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा सरकारमा आएपछि स्वास्थ्य मन्त्री गगन थापालाई हटाउने सुरा सुनेको भन्दै राम्रा मान्छेलाई काम गर्न किन दिँदैनन् भन्दै सामाजिक सञ्जालमा रिश पोखेका हुन् ।

जितुले लेख्छन्, "स्वास्थ क्षेत्रका धेरै समस्या र बिक्रिती थाहा पाएर सुधार गर्न तर्फ लागेका थापालाई हटाउन पनि पर्छ… सबै तिर सुधार गरेर लोकप्रिय हुदैछन् यस्ता मन्त्रीलाई बेलैमा साईड न लगाए, पछी हुने मन्त्रीले के गर्छु भनेर भाषण गर्नु, के भनेर खानु, के गर्नु बरा। अझ सकीन्छ भने यही लटमा उर्जा मन्तरीलाई पनि हटाउन पर्छ । यस्ता जनतालाई रात दिन बत्ती बाल्न दियर, ईन्भटर, जेनेरेटर, सोलार, ब्याट्री र मैन बत्तीको ब्यापारलाई चौपट पार्ने मन्तरी लाई नी राख्न हुन्छ ?"

जितुको फेसबुक स्टाटसः