प्रतिक्षाको ‘भाउ खोज्ने’ मा मालाको आइटम डान्स

चैत, काठमाडौं । नेपाली गीतसंगीत पछिल्लो समय परिवर्तनशील छ । पुरानो पुस्ताका गीतसंगीतभन्दा अहिले केही नयाँ पुस्ताको प्रवेशसँगै नेपाली संगीतमा फरक धारका गीतसंगीत बजारमा आएको पाउँछौं । कालीप्रसाद बास्कोटादेखि पछिल्लो समयका सफल र चर्चित संगीतकार अर्जुन पोखरेलसम्मका गीतसंगीतलाई अहिलेका दर्शकले निकै मन पराएका छन् ।

गीतसंगीतमा आएको गुणस्तरीयता र केही हदसम्म गायिक/गायिका स्वयं पनि संगीतलाई बुझेर आउँदा दर्शक÷श्रोताले बलिउड हलिउडका गीतसंगीतभन्दा नेपाली गीत नै सुन्न थालेका छन् । डान्सिङ गीतमा समेत मेलोडी भरेर संगीत गर्न माहिर मानिने संगीतकार अर्जुन पोखरेलले संगीत गरेका थुप्रै गीत हिट छन् ।

भर्खरैमात्र पोखरेलकै संगीतमा नव गायिका प्रतिक्षा भण्डारीको आवाजमा ‘भाउ खोज्ने ’ बोलको गीत सार्वजनिक भएको छ । डान्सिङ विटमा तयार भएको यस गीतलाई निर्पेस उप्रेतीले लेखेका हुन् । अर्जुन पोखरेलको संगीत, प्रतिक्षा भण्डारीको आवाज र महाराज थापाको संगीत संयोजन रहेको सार्वजनिक गीतलाई छोटै समयमा दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

गीतमा पछिल्लो समयकी चर्चित मोडल माला लिम्बूको नृत्य रहेको छ । प्रसान्त तामाङको कोरिग्राफी रहेको उक्त भिडियालाई दीपेन्द्र थपलियाले खिचेका हुन् । समन अधिकारीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।