<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">मिस नेपालको नयाँ अडिसनको पर्खाइमा रहेका युवतीहरुका लागि खुसीको खवर छ। हिडन ट्रेजरले मिस नेपाल २०१७ का लागि आवेदन खुला गरेको छ ।सोमबार प्रेसमिट आयोजना गर्दै आयोजक हिडन ट्रेजरका गोपाल कक्षपतिले काठमाडौं, पोखरा, चितवन, धरान र धनगढीमा अडिसन आयोजना गर्ने जानकारी दिएका छन्। प्रेसमिटमा मिस नेपाल अस्मी श्रेष्ठ, मिस अर्थ रोसनी खत्री, मिस एसिया प्यासिक इन्टरनेसनल अंशु केसीले आफ्नो अनुभव सुनाएका थिए। </p><p style="text-align: justify; ">प्रतियोगितामा १९ देखि २४ वर्षसम्मका ५.४ फिटदेखि माथि उचाइ भएका अविवाहित युवतीले सहभागि हुन पाउनेछन् । इच्छुकले चैत ३१ भित्र हिडन ट्रेजर कार्यालय कुपण्डोलमा आवेदन दिन सक्नेछन् । आवेदन फर्म मिस नेपालको वेबसाइट बाट प्राप्त गर्न सकिनेछ। </p>