‘पछ्यौरी लेऊ बैना’ले चिनायोः शिब हमाल

गोपिकृष्ण चापागाई/ चैत, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्र फराकिलो बन्दै गएको छ । कुनैसमय लोक तथा दोहोरी गीतलाई खासै वास्ता नगर्ने गीतसंगीतको बजारमा अहिले भने यीनै लोक तथा दोहोरी गीतले माहोल तताइरहेका छन् । नेपाली संस्कृतिक झल्कने लोकबाजाहरु लोक तथा दोहोरी गीतमै समावेश हुन्छन् त्यसले पनि नेपालमा लोक तथा दोहोरी गीतको बजार ठुलो हो । अझ पछिल्लो समयको कुरा गर्दा प्रबिधिको फराकिलो बजारसँगै लोकगीतहरु देश देखी बिदेशसम्म सजिलै पुग्न सक्छन् । भिडियो सेयरीङ साइट युट्युवले अझ कुनैपनि गीतहरुको बजार निकै ठुलो बनाइदिएको छ ।

यसैबिच बिगत एक दशक भन्दा लामो क्षेत्र लोक तथा दोहोरी क्षेत्रमै अनबरत रुपमा लागिरहेका लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य तथा प्रस्तोता समाज नेपालका उपाध्यक्ष— गायक तथा सर्जक शिव हमालसँग नेपालमा लोक तथा दोहोरी गीतको बजार र उनका ब्यक्तिगत कुराकानी गरेका छौं । प्रस्तुत छ हिमालय टाइम्ससँग शिव हमालले गरेका कुराकानीको सम्पादित केही अंश ।

रेडियो भित्रै पस्ने मन थियो

मेरो घर स्याङ्जाको ज्यादिखोलामा हो । त्यहाँ लोकगीतको माहोल बढी नै छ । अझ म त धेरै लक्की भन्नुपर्छ किनकी मेरो घरमै ठुलो कलाकारहरु हुनुहुन्थ्यो जुनकारणले गर्दा पनि मलाई यो क्षेत्रमा आउन ठुलो सहयोग मिल्यो । त्यो बेला निकै चर्चित गायक मेरो मामा राजेन्द्र लम्साल क्षेत्रीको गीत रेडियोहरुमा निकै बज्ने गर्दथ्यो । त्यसपछि पनि मामा जस्तै बन्न पाए हुन्थ्यो, मामा यति सानो रेडियोमा कसरी छिर्नु भयो होला, म पनि यो रेडियो भित्रै पस्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो र पछि घरमा यो त गीत बजेको हो मान्छे छिरेको होइन भनेपछि म पनि अब यस्तै बन्छु भन्ने लागेर नै सानै देखी ध्यान नै यहि क्षेत्रमा गयो ।

‘पछ्यौरी लेऊ बैना’ले चिनायो

बि.स. २०६६ सालको कुरा हो । मैले ‘पछ्यौरी लेऊ बैना’ को शब्द लेखें । मलाई लागेको थिएन कि यो गीत यति धेरै चर्चामा आउँछ । शब्द लेख्दा केहि मात्रामा दर्शकले मन पराउँनुहुन्छ होला भन्ने लागेको थियो तर अन्यधिक हिट भयो निकै खुसी लाग्यो । त्यहि गीतले गर्दा नै मलाई पछि लोक तथा दोहोरी गीतको क्षेत्रमा चिनाएको हो । त्यसपछि मात्र शिव हमाल भनेर धेरै स्रष्टा तथा दर्शक÷श्रोताले चिन्नुभयो । त्यसगीतमा रामजी खाँण र बिष्णु माझीले स्वर दिनुभएको छ ।

दोहोरी साँझ नै हाम्रो बिद्यालय हो

अहिले त लोक गीतको बजार निकै ठुलो भइसकेको छ । म यो क्षेत्रमा प्रवेश गर्ने समयको कुरा गर्दा लोकगीतको क्षेत्र निकै साँघुरो थियो । गाउँघर तिर मात्रै गीतहरु बज्ने गर्थे, शहरमा निकै कम सुनिन्थ्यो । अहिले बिस्तारै बजार ठुलो भएको छ तर अझै पनि सोचे अनुरुप र अन्य गीतहरु जस्तो हुन सकेको छैन । लोकगीत सिक्नकै लागी बिद्यालयहरु खोलिनु पर्छ । मैले धेरै ठाउँमा भन्ने गरेको छु । लोक तथा दोहोरी गीत सिक्नेहरुका लागी दोहोरी साँझ नै बिद्यालय हो । त्यसैले दोहोरी साँझ लाई पनि मर्यादित बनाउनु पर्छ । कत्ति नयाँ प्रतिभाहरु दोहोरी साँझ बाट यो क्षेत्रमा आउनुहुन्छ त्यसैले दोहोरी साँझलाई नै मर्यादित बनाउनु सकियो भने राम्रो प्रतिभा भित्रने थियो र लोक तथा दोहोरीगीत बचिँरहन्थ्यो ।

परिवारबाटै सपोर्ट मिलोस्

नेपालमा लोकगीतको क्षेत्रमात्र नभएर सम्पुर्ण गीतसंगीतको क्षेत्र नै पैसा नहुने क्षेत्र भनेर बुझिन्छ । अझैपनि घरमा छोराछोरीले म गायक अथवा गायिका बन्छु भनेभनि यो क्षेत्रमा पैसा हुँदैन अर्के पैसा हुने पेशामा लाग्नु भन्ने गर्छन् । त्यसैले यहि पेशालाई मर्यादित बनाइयो भने आम्दानी नहुने होइन । यो पेशामा लाग्छु भन्नेहरुलाई परिवारबाटै सपोर्ट मिलोस् भन्ने चाहाना हो ।

रोयल्टिको सुरुवात भइसकेको छ

सार्वजनिक प्रयोग भएबापत प्रयोगकर्ताबाट सर्जकलाई दिइने रकम नै रोयल्टि हो । अहिले हामीले राम्रा सर्जकहरुलाई रोयल्टिको ब्यवस्था सरिसकेका छौं । जसले राम्रो गीत बजारमा ल्याएर पनि ओझेरमा छन् जसका गीत बजार बजारमा घन्किन्छन् उनीहरुले अब रोयल्टि पनि पाउँछन् । फ्रान्सबाट शुरु भएको यो ब्यवस्था अब हाम्रो नेपालमा पनि आइसकेको छ अब राम्रा स्रष्टा बाँच्न गाह्रो छैन । पछिल्लो समय हामीले प्रयोग गर्ने मोबाइल प्रादायक कम्पनी एन.सेल.ले चारमहिनामा ११ लाखको दरले रोयल्टि बुझाउँदै आएको छ । त्यस्तै नेपाल टेलिकमले पनि ३० लाख बुझाइसकेको छ । म प्रस्तोता समाज नेपालको उपाध्यक्ष पदमा छु, मैले नेपालभरी भएका डान्स, डिस्को बारहरुबाट रोयल्टि उठाउने कामको जिम्मा लिएको छु, अन्य साथीहरु अन्य क्षेत्रमा हुनुहुन्छ ।