टुरिजम डेभलपमेन्ट बैंकबाट धुर्मुस सुन्तली फाउण्डेशनलाई ५ लाख सहयोग

...

<p style="text-align: justify; "><b>चैत, काठमाडौं । </b>महोत्तरीको बर्दिवासमा धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्मााणाधिन एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि टुरिजम डेभलपमेन्ट बैंकले ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले स्थापनाको सातौं बर्ष पुरा गरी आठौं बर्ष प्रवेश गरेको अवसर पारी उक्त सहयोग गरेको हो ।&nbsp;</p><p style="text-align: justify; ">बिगत आधा दशकदेखी बैंकिङ्ग सेवामा निरन्तर सक्रिय यस बैंकले बैंकको कार्यालयमै एक समारोहको आयोजना गदैं सोमबार उक्त सहयोग हस्तान्तरण गरेको हो । मानवता र सदभावका लागि निर्माण गर्न लागिएको बस्तीसंगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न धुर्मुस सुन्तली फाउण्डेशनले गरेको कामको प्रसंसा गदै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले फाउण्डेशनकि कोषध्यक्ष कुञ्जना घिमिरेलाई चेक हस्तान्तरण गर्नुभएको हो । फाउण्डेशनको काम प्रति आफुहरुले पहिलेदेखीनै नजिकबाट नियालीरहेको बताउदै अधिकृत खड्काले फाउण्डेशनको निर्माण कार्यका लागि आफुहरुले सक्दो सहयोग गर्ने बताएका छन् । धुर्मुस सुन्तलीले उदाहरणिय काम गरेको भन्दै उनले सबैलाई आर्थिक सहयोग गर्नका लागि पनि आग्रह गरेका छन् । ‘धुर्मुस सुन्तलीको काम पारदर्शिता भएकाले सबै नेपालीको बिश्वास जितेको छ’ अधिकृत खड्काले भने ‘धुर्मुस सुन्तलीलाई ढुक्कले सहयोग गर्दा हुन्छ’ ।&nbsp;</p><p style="text-align: justify; ">धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको काम अहिले लगभग अन्तिम चरणमा पुगेको छ । आर्थिक अभावका बिच पनि फाउण्डेशनले निरन्तर कामलाई अगाडी बढाईरहेको छ । बुझिएअनुसार फाउण्डेशनलाई अझै पनि १ करोड बरावरको हाराहारीमा सहयोग आवश्यक छ । फाउण्डेशनले निर्माण गरिरहेको उक्त बस्ती ४ करोड ७८ लाखको अनुमानीत लगानीमा निर्माण भईरहेको हो ।</p>