चैत, काठमाडौं ।

गएको सोमबार निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा गायिका तथा राप्रपा नेपालकी केन्द्रिय सदस्य कोमल वली घाइते भइन् । केहिसमयको अस्पताल भर्ना पछि उनी डिस्चार्ज भएकी थिइन् ।

पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपाका नेता तथा कार्यकर्ता निर्वाचन आयोगको केन्द्रिय कार्यालय घेराउ गर्न गएका थिए । त्यसैसमयमा कोमलले पनि ट्रकको पछाडि बस्दै हिन्दु राष्ट्र कायम गर भन्दै नाराबाजी गरीरहेकी थिइन् । त्यसैक्रममा एक्कासी ढुंगा बर्सिन पुग्यो र कोमल लगायत अन्य कार्यकर्ता तथा नेताहरु घाईते भए ।

अहिले कोमल वली ठिक भइसकेकी छिन् । हाँस्य कलाकार जितु नेपालले यसैबिचमा केहि ब्यंग्यात्मक शैलीमा आफ्ना बिचार लेखेका छन् । जितुले कोमल १,२ वटा अस्रुग्यासले सिथील नहुने भन्दै अब यस्तो ढुंगामुढा खाइरहन पर्ने भन्दै राजनितीक यात्राको सफलताको शुभकामना पनि दिएका छन् ।

जितुले सामाजिक सञ्जालमा लेखेका छन्,

"जाबो १,२ वटा अस्रुग्यासले सिथील हुने हैन है कोमल दिदी । अब खाने नै यस्तै कुरा हो,अस्रुग्यास खानी,लठ्ठी खानी, ताली खानी, गाली खानी अनी त्यसपछी सपथ खानी । छिट्टै स्वस्थ भयर फेरी धर्नामा जान सक्ने हुनुस। अब हजुरलाई घरमा भन्दा सडकमा बस्नु नै फाईदा छ। किनकी बिस्तारै सडक बाट टडकमा, टडकबाट सदनमा, र सदनबाट मन्त्री मन्डलमा पुगेपछी अैले लठ्ठीहॉन्न्ले सलोट हान्ने छन् ।

तपॉईको राजनितीक यात्राको पुर्ण सफलताको कामना गर्दछु ।"

जितुको यो स्टाटससँगै जितु र कोमल एउटै तस्बिरमा देखिएका छन् । जितुले नखुलाएपनि उनीहरु कुनै एक कार्यक्रममा प्रस्तुतीका लागी जानलागेका हुन् । यसअघि पनि यी दुई कलाकारले धेरै पटक यसरी नै संगै कार्यक्रम गर्दै आएका छन् ।