बद्रीका नचाउने भन्दा रुवाउने गीत बढी, यसरी रुवाउँछन् आमाहरुलाई (भिडियो)

आर्टिस्ट खबर/ चैत, काठमाडौं ।

नचाउने भन्दा रुवाउने गीतमा बढी चल्छन् गायक बद्री पंगेनी । थुप्रै गीत गाएका बद्रीले नचाउने र रुवाउने दुबै गीत गाएका छन् । तर आम दर्शक तथा स्रोतामाझ उनका रुवाउने गीत नै बढी चलेको पाइन्छ । उनलाई लोक तथा दोहोरी गीतको क्षेत्रमा 'ससुरालीमा' बोलको लोक गीतले उचाईमा पुर्याइदियो । त्यसै गीतबाट नै उनलाई धेरैदर्शक स्रोताले चिन्ने मौका पाए । त्यसपछि उनले दर्जनौं गीत बजारमा ल्याए र अझ चर्चित बन्न सफल भए ।

उनका नचाउने लोकगीतहरुमा 'ससुरालीमा', 'रातो पछ्यौरी', 'मायाले झुक्कायो', 'शिरमा ढाका टोपी', 'घाँस काट्दा मायाले डोको समाईदियो', 'ट्यान्कुटी ट्यान्कुटी झँयाई', 'पसिना आरैछ निदारैमा तिम्रो' लगायतका गीतहरु पर्दछन् भने रुवाउने गीतहरुमा 'मन थिएन जोगी बन्नलाई', 'लाउचेली सिन्धुर लाउ', 'अहिले को दशैंमा आमा घरमा आउदिन' , 'कठै मेरो जुनी', 'नेपाल आमा' लगायतका गीतहरु चर्चित छन् ।

उनले कुनै पनि स्टेज कार्यक्रमहरुमा प्रस्तुती दिने क्रममा पहिला रुवाउने गीत र अन्तिममा नचाउने गीत गाउँदै बिदा हुन्छन् ।  उनले गाएका रुवाउने र नचाउने गीतमा रुवाउने गीतले नै दर्शकको वाही वाही र ताली धेरै पाउने गर्दछन् ।'

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष समेत रहेका बद्री पंगेनी यतिखेर बिभिन्न स्टेज कार्यक्रमहरुमा निकै ब्यस्त छन् । बिभिन्न मेला, महोत्सवमा दर्शकहरुलाई नचाउन भन्दा पनि रुवाउन खप्पिस मानिने बद्रीलाई आयोजकहरुले पनि नँचाउन भन्दा रुवाउनकै लागी टार्गेट गरेर बोलाउँछन् । उनले जब स्टेजमा पहिलो गीतको रुपमा लाउ चेली सिन्धुर लाउ भन्दै भावुक भएर गीत गाउँछन् उपस्थित बृद्ध आमाहरुको आँखाबाट आँसु झरिहाल्छ । बिशेषतः उनले गीत गाउँदा आफुपनि रुँदै गाउने कलाले पनि उपस्थित आमाहरु रुने गर्दछन् । उनले बृद्धआमाहरु नजिकै गएर आँसु पुच्छै गीत गाउँदा जोकोही आमाहरु पनि आँसु नझारी बस्दै सक्दैनन् । बद्रीको यो कलाले पनि आयोजकहरुले उनलाई कार्यक्रममा बोलाउने गर्दछन् ।

हुनत बद्रीका नचाउने गीत नभएका भने होइनन् । उनले कैयौं नचाउने गीतहरु पनि गाएका छन् र उपस्थित दर्शकलाई नचाएरै पनि छाड्छन् । उनले कुनै पनि स्टेज कार्यक्रमहरुमा प्रस्तुती दिने क्रममा पहिला रुवाउने गीत र अन्तिममा नचाउने गीत गाउँदै बिदा हुन्छन् । हामी यहाँ केहि समय अघि नवलपरासीको कावासोतीमा भएको देवचुली महोत्सवमा गायक बद्री पंगेनीको प्रस्तुती भिडियोमा देखाउँन जाँदैछौं । जुन तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।