चैत, काठमाडौं ।

आउँदो भदौ १६ गतेबाट देशभर एकैसाथ प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर २’ ले पहिलो गीत र पोष्टर सार्वजनिक गरेको छ । चलचित्रकी निर्देशक झरना थापाको जन्मदिनको अवसरमा आयोजीत कार्यक्रममा चलचित्रको 'कशम हो' बोलको गीत र पोष्टर सार्वजनिक गरीएको हो ।

कार्यक्रममा चलचित्रकी नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहले आँफु चलचित्रको सुटिङको क्रममा रोएको बताइन् । उनले मनाङमा सुटिङ गर्ने क्रममा आफ्नो आँखा बाट आँसु नै झरेको बताएकी हुन् ।

‘चलचित्रको सुटिङ गर्नेक्रममा धेरै दुःख भयो । मनाङको त्यो अप्ठेरो ठाउँमा मलाई हिड्न नै यति गाह्रो भयो कि पाइला नै अगाडि बढ्दैनथे । माइनस १० डीग्रीमा पनि हामीले गीत खिच्न सफल भयौ । म, बाटो संझेर कतिपय स्थानमा त रुँदै पनि हिँडे ।  मलाई हात समातेर हिडाईदिने मेरो दुई हिरो सलिन र सलोनलाई बिशेष धन्यवाद दिन्छु, साम्राज्ञीले अनुभव सुनाउँदै भनिन् । साथै साम्राज्ञीले आँफुले चलचित्र सोचे भन्दा राम्रो भएको बताइन् ।

सार्वजनिक गीत नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालमा खिचिएको जानकारी गराइयो । गीतलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् भने संजय लामाले खिचेका हुन् । गीतको भिडियोलाई लोकेशन, कोरियोग्राफी र खिचाइले उत्कृष्ट बनाएको छ ।चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेतको मुख्य भुमिका छ ।