चैत, काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको आजबाट 'पलाँस' चलचित्र देशभरीका ७० हलहरुमा प्रदर्शन भइरहेको छ । यसका साथै अधिकांशहरुमा 'पलाँस' हेर्ने दर्शकहरुको संख्या उल्लेखनिय रहेको बुझिएको छ । रेखाले अभिनय गरेका सबैजसो चलचित्र हिट छन् । त्यसोत पछिल्लो समय रेखाले अभिनय गरेका धेरै चलचित्रहरु नारीप्रधान छन् । त्यसैले पनि उनको अभिनयलाई अझ प्रशंशा गरीएको छ ।

'पलाँस'मा पनि रेखाले नारीको हकहितको लागी बोलेकी छिन् । नारीलाई सानै उमेरमा बिवाह गरीदिनु पर्छ, बुढी कन्या बनाएर राख्नुहुँदैन भन्ने गाउँघरको भनाईलाई अन्त्य गर्ने भुमिकामा रेखा 'पलाँस'मा देखिएकी छिन् । यसैबिच बिहिबार 'पलाँस'को प्रिमियरमा उपस्थित चलचित्रकर्मि र सञ्चारकर्मिहरुल राम्रो प्रतिक्रिया दिएका छन् ।

'मलाई शुरुमा त रमाइलो लागेको थियो तर मध्यान्तर पछि एकदमै चित्त दुख्यो, पछि रेखाले ड्याङ्ग डुङ्ग गरेपछी बल्ल फ्रेस भएँ',

रेखाको मम्मी भन्छिन्- 'एकदमै चित्त दुख्यो'

प्रिमियरमा अभिनेत्री रेखासँगै उनकी आमा (सरस्वती थापा) पनि सँगै थिइन् । 'पलाँस' हेरीरहँदा शुरुमा आनन्दा आएको तर मध्यान्तर पछि आफ्नो चित्त दुखेको प्रतिक्रिया उनले दिएकी छिन् । उनले चलचित्रमा यथार्थ घटनालाई उतारीएको भन्दै रेखाको भुमिका देखेर चित्त दुखेको बताएकी हुन् । 'मलाई शुरुमा त रमाइलो लागेको थियो तर मध्यान्तर पछि एकदमै चित्त दुख्यो, पछि रेखाले ड्याङ्ग डुङ्ग गरेपछी बल्ल फ्रेस भएँ', उनले चलचित्रको भुमिका सम्झँदै भनिन् ।