
<pre style="text-align: justify; "><b>चैत, काठमाडौं।</b></pre><p style="text-align: justify; "> केही समय अघिदेखि आफ्नो प्रोफेशनल प्रोजेक्ट पुरा गर्नका लागि लागिपरेकी बलिउड एक्ट्रेस सनी लियोनी यतिवेला फिल्म बाट ब्रेक लिएर अर्कै तिरलागेकी छिन्। उनी यतिवेला अमेरिका मा छिन्। तर उनी त्यहाँ आराम गर्न भने पक्कै गएकी होइनन्। उनी आफ्नो सिप र दक्षता अझै बढाउनका लागि लागिपरेकी छिन्।सनी यतिवेला फिल्महरुको टेक्निकलकुरा सिक्नमा ध्यान दिइरहेकी छिन्। यतिवेला स्क्रिप्ट राइटिंग र इडिटिंग सिक्नका लागि लस एंजिलस को एक इंस्टिच्युटमा भर्ना भएकी छिन्। उनीसंग यसबारेमा बुझ्दा उनले यस्तो कोर्सको बारेमा पहिलेदेखिनै सोचिरहेको भएपनि समय नमिलेकाले पहिलेनै कोर्स लिन नपाएको जनाएकी छिन्। उनले भनेकी छिन् – 'नयाँ चिज सिक्नका लागि फेरि स्कुल जान पाउँदा निकै उत्साहित भएको छु'। एजेन्सी</p><p style="text-align: justify; "> </p>