नयाँबर्षमा दुर्व्यसनी विरुद्ध साङ्गीतिक कार्यक्रम हुने

चैत, काठमाडौ ।

नयाँ वर्षको पहिलो दिन बैशाख १ गते लागु औषध दुर्व्यसनी विरुद्ध साङ्गीतिक कार्यक्रम हुने भएको छ । नवजीवन युवा क्लबको आयोजना र आर्टिस्ट निर्मल शर्माको संयोजकत्वमा हुन लागेको यो कार्यक्रमको नेपाल डायरीज प्रा.लिले व्यवस्थापन गर्ने आइतबार पत्रकार भेटघाट गर्दै जानकारी गराइएको हो ।

उक्त साङ्गीतिक कार्यक्रममा नेपालका चर्चित आर्टिस्टहरु कबवेभ ब्याण्ड, द स्याडो नेपाल ब्याण्ड, समसरा ब्याण्ड, गायक नरेन लिम्बु, हाँस्य कलाकार सन्दिप क्षेत्री, अष्ट्रो ब्याएजोन (डान्स ग्रुप), डिजे नेवाङजस्ता कलाकारको प्रस्तुती रहने छ । त्यस्तै चलचित्र ‘सायद–२’ का आर्टिस्ट सुनिल श्रेष्ठ, सरुण श्रेष्ठ तथा अन्य आर्टिस्टका साथ विशेष उपस्थिति सहितको प्रस्तुति रहने यो कार्यक्रम ‘से नो टु ड्रगः म्युजिक कन्सर्ट फर ड्रग फ्रि सोसाइटीको दोस्रो संस्करण हो ।