<pre><b>चैत काठमाडौं। </b></pre><p style="text-align: justify; ">बलिउड एक्ट्रेस अनुष्का शर्मालाई यतिवेला मानिसको जिवन धरापमा पारेको आरोप लागेको छ। उनका छिमेकीहरुले उनको व्यवहारका कारण खतरा मोल्नु परेको आरोप लगाइरहेका छन्। भारतीय मिडियाका अनुसार अनुष्का हाल मुंबईको वर्सोवा इलाकाको बद्रीनाथ टावरको २०औं फ्लोरमा आफ्ना परिवारको साथमा रहँदै आएकी छिन्। उनले आफ्नो घरका लागि कैयौं परिवर्तन ल्याएकि छिन्। उनले आफ्नो फ्ल्याटको लागि छुट्टै इलेक्ट्रिक जंक्शन बक्स बनाएकी छिन्। यसैकारण बिल्डिंग का पूर्व सेक्रेटरी सुनील बत्राले अनुष्काले अलग इलेक्ट्रिक जंक्शन बक्स बनाउनु गलत भएको र यसबाट जुनसुकै बेला पनि नराम्रो घटना घट्न सक्ने भन्दै आरोप लगाएका छन्। साथै उनले अनुष्काले बिल्डिङका कैयौं नियम पनि तोडेको आरोप लाएका छन्। सुनीलले बीएमसी अधिकारकर्मीले यसको जाँच गरेर इलेक्ट्रिक बक्स लाई आपत्तिजनक मानेको पनि दावी गरेका छन्। </p><p style="text-align: justify; ">तर अनुष्काले भने यो कुरालाई नकार्दै आएकी छिन्। एजेन्सी</p>