राजधानीमा महिला फिल्म फेष्टिबल सम्पन्न

चैत, काठमाडौं ।

काठमाडौंमा १ दिने अन्तराष्ट्रिय महिला फिल्म फेष्टिबल आयोजना गरिएको छ । महिला फिल्म निर्माता तथा निर्देशकहरुको सशक्तिकरण गर्ने उद्देश्यका साथका महिला फिल्म फेष्टिबल गरीएको हो । नेपाल च्याप्टरले सोमबार आयोजना गरेको फिल्म फेष्टिबलमा एशियन देशका महिला फिल्म निर्माता तथा निर्देशकहरुको उल्लेख्य सहभागिता रहेको छ ।

महिला फिल्म फेष्टिबल, नेपाल च्याप्टरकी प्रमुख अनुपा श्रेष्ठका अनुसार एशीयन देशका महिला फिल्म निर्देशक तथा निर्माताहरुको अनुभव साटासाट गर्न फिल्म फेष्टिबल आयोजना गरिएको हो । फेष्टिबलमा नेपाल, जापान, चीन, भारत, बंगलादेश लगायतका देशका महिलाहरुले निर्देशन तथा निर्माण गरेको फिल्म प्रदर्शन गरिएको छ ।

महिलाहरु पनि फिल्म निर्माणमा सक्षम छन् भन्ने सन्देश दिन पनि फेष्टिबलको आयोजना गरिएको बताइएको छ । नेपालमा अन्तराष्ट्रिय स्तरको महिला फिल्म फेष्टिबल आयोजना गरिएको यो पहिलो पल्ट हो । सम्मेलनमा फिल्म निर्माणका क्रममा महिलाहरुले भोग्नु परेका चुनौतिका विषयमा पनि कार्यपत्र प्रस्तुत गरिएको छ । नेपाल च्याप्टरले एशीयन महिला फिल्म निर्माता तथा निर्देशकहरुले निर्माण गरेको फिल्म प्रतियोगिता नै आयोजना गर्ने योजना पनि बनाएको छ ।