चैत, काठमाडौं ।

दिपकराज गिरीले केदार घिमिरे आफ्नो ए.टी.एम कार्ड भएको भन्दै हँसाएका छन् । सामेबार आफ्नो ४२ औं जन्मदिन मनाएका केदार घिमिरे (माग्नेबुढा) लाई रमाइलो प्रसंगमा दिपकले यस्तो भनेका हुन् ।

केदार बिरामी भएको प्रसंग जोड्दै दिपकले भने, ‘सायद गत वर्ष धेरै नै घोटी छु की क्या हो घोट्दा घोट्दै स्क्रयाच भएछ ।’ पछि भने दीपकले भावुक हुँदै भने, ‘हामी बीच भावनात्मक सम्बन्ध छ । पछिल्लो समयमा हामी हाँस्य कलाकारहरु बीच एक खालको एकता भएको छ । पहिले–पहिले हामी बीच एक किसिमको प्रतिस्पर्धाको गन्ध आउँथ्यो । कार्यक्रमहरुमा हात मात्रै जोडिन्थ्यो । मन जोडिदैनथियो । तर अहिले भने हात पनि जोडिन्छ । मन पनि जोडिन्छ । गाला पनि जोडिन्छ । सहकार्यमा उसले सधैँ तोड्नेहरुलाई जवाफ दिँदै जोड्ने मै आएको छ ।’