पाकिस्तानीको आक्रोस झेल्दै ऋषि कपुर, जवाफ दिए-राम्रो संग बोल्न सिक्नुस

...

<pre>चैत काठमाडौं।&nbsp;</pre><p style="text-align: justify; ">पछिल्लो समय विभिन्न किसिमका ट्वीटका कारण चर्चामा आइरहने एक्टर हुन ऋषि कपुर। यति वेला पनि उनले पूर्व भारतीय नौसेना अधिकारी कुलभूषण जाधवको हितमा दिएको बयान विवादास्पद बन्न पुगेको छ। पाकिस्तानले कुलभूषण जाधवमाथि जासूसीको आरोप लाउँदै मृत्युदण्डको सजाय सुनाएपछि &nbsp;ऋषि कपूरले पाकिस्तान सरकारको यो फैसला माथि आफ्नो &nbsp;दुःख व्यक्त गर्दै ट्वीट गरेका छन्। &nbsp;उनले ट्वीटरमार्फत कलाकार,फिल्म र खेलको माध्यम बाट दुई देशबिच शान्ति ल्याउने प्रयास असफल भएको भन्दै पाकिस्तान केवल घृणा चाहने कुरा ट्वीट गरेका थिए। उनको यो पोस्ट पश्चात उनीले पाकिस्तानीहरुको रिस तथा आक्रोसको सामना गर्नु परेको छ।&nbsp;</p><p style="text-align: justify; ">मिडियाका अनुसार उनलाई &nbsp;पाकिस्तानीहरुले तल पार्न कुनै कसुर छोडेनन्। तर उनले उनीहरुको यस्तो व्यवहारको कडा जवाफ दिएका छन्।उनले एक महिलाको ट्वीटको जवाफ दिँदै भनेका छन् – 'तपाईको आमा बुबाले तपाईलाई अरुसंग बोल्न सिकाएका छैनन?'' उनले उक्त महिलालाई आफुभन्दा ठुलासंग कुरा गर्दा आफ्नो भाषामा ध्यान दिनु पर्ने बताएका छन्। एजेन्सी</p>