<pre><b>चैत, काठमाडौं। </b></pre><p style="text-align: justify; ">'द कपिल शर्मा' शो वाट सुनील ग्रोवर निस्किएपछि कपिल शर्मा शो बचाउनका लागि निकै कोशिश गरिरहेका छन्। यसका लागि उनी अचेल अश्लील तथा दोहोरो अर्थ लाग्ने जोक्सहरुको सहारा लिन पनि चुकेका छैनन्। यसमा उनलाई नवजोत सिंह सिद्धू पनि साथ दिइरहेका छन्। जसका कारण अहिले सिद्धुविरुद्ध मुद्दा परेको छ। भारतीय मिडियाका अनुसार पंजाब र हरियाणा हाईकोर्टका वकील एचसी अरोराले शोमा भद्धा मजाक गरेको भन्दै उनीमाथि मुद्धा हालेका हुन्। उनले शनिवार को द कपिल शर्मा शोमा कपिलको कमेडी र सिद्धूको जोक्स भद्दा तथा दोहोरो अर्थ लाग्ने खालको भएको बताएका छन्। उनले सिद्धुको यस्तो व्यवहार इंडियन पेनल कोड को विपरित भएको जनाएका छन। एजेन्सी</p>