<pre><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> महेशराज महर्जन (मर्म)द्वारा लिखित उपन्यास 'मेरी उनी' को मंगलबार बिमोचन भएको छ। गोलढुंगा साहित्य परिषदद्वारा प्रकाशित यस उपन्यासलाई त्रिवि शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले बिमोचन गरेकी हुन्। </p><p style="text-align: justify; ">विमोचन समारोहमा प्रमुख अतिथि त्रिपाठीले राज्यले साहित्यलाई उच्च महत्व नदिएको र व्यक्तिगत प्रयासबाट नै साहित्यअगाडि बढेको धारणा राखेकी थिईन्। त्यस्तै कार्यक्रममा विमोचित कृतिमाथि साहित्यकार देवेन्द्र अर्याल आँसुले समीक्षात्मक टिप्पणी गेरका थिए । शेषमती महर्जन समाजको आयोजनामा आयोजित कार्यक्रममा स्रष्टाहरु रामप्रसाद फुयाँल, रविना घिमिरे जिज्ञासु, घनश्याम पुडासैनी, राजेन्द्र घिमिरे, रवीन बुढाथोकी, धर्मराज अर्याल श्रमिक, लक्ष्मीप्रसाद मिश्र आदिले आफ्ना कविता वाचन गरेका थिए । साथै उक्त कार्यक्रममा राजु धिताल, धनलाल महर्जन, सुमनलाल महर्जन, उमाकान्त भूर्तेल, रामहरि थापा, रामेश्वर पौडेल, महेशराज महर्जन आदिले आफ्ना मन्तव्य राखेका थिए ।</p><p style="text-align: justify; ">कार्यक्रममा स्थानीय महर्जन परिवारबाट विद्यावारिधि गर्ने प्रथम महिला कान्छी महर्जनलाई सम्मान समेत गरिएको थियो ।</p>