<pre><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">निर्देशक मिलन चाम्सले चलचित्र ‘बोबी’ बनाउने भएका छन् । एकपछि अर्को चलचत्रि निर्माण गरीरहेका चाम्सले यो भन्दा अघि पनि ‘वीर विक्रम २’ निर्माणको घोषणा गरिसकेका छन् । मंगलबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा मिलनले वास्तविक कथामा चलचित्र बनाउन लागेको बताएका हुन् । चाम्सका अनुसार चलचित्रमा समावेश हुने कथा नर्वेमा बस्दै आएका एक जोडीको हुनेछ । नर्वेमा इन्जिनियरिङ पेशामा सफलता पाएका उमेश थापा र उनकी धर्मपत्नी कविता गुरुङको वास्तविक कथामा चलचित्र बन्नेछ ।</p><p style="text-align: justify; ">पोखराकी गुरुङ समुदायकी कविता र उमेशविचको प्रेमकथा मन छुने रहेको मिलनले बताए । चलचित्रको स्क्रीप्ट अहिले नरेश भट्टराइले लेखिरहेका छन् । चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन, अर्जुन जीसीको सम्पादन रहने पक्का भएको छ । चलचित्रको छायांकन १२ दिन नर्वे र त्यसपछि पोखरा र काठमाण्डौमा गरिनेछ ।</p><div><br></div>