<pre><b>बैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">गएको शुक्रबार अर्थात नयाँ वर्ष बाट प्रदर्शनमा आएको निखिल उप्रेती अभिनित चलचित्र ‘राधे’ले दर्शकको मन जित्न सफल भएको छ । प्रदर्शन भएको २ दिनमै चलचित्रले आक्रमक ओपनिङ व्यापार गरेको हल संचालकहरुले बताएका छन् । चलचित्रका निर्माता सुशिल पोखरेलले नयाँ बर्षको दिन चलचित्रले करिब ८५ लाखको ग्रस कलेक्शन गरेको जानकारी दिएका छन् । पहिलो दिन काठमाण्डौका सिंगल थिएटरमा चलचित्र हेर्न दर्शकको भिड लागेको थियो । काठमाण्डौ बाहिर पनि चलचित्रको उच्च कलेक्शन रहेको जनाइएको छ। </p><p style="text-align: justify; ">शुक्रबारको तुलनामा शनिबार भने चलचित्रको व्यापारमा केहि कमी आएको देखियो। निर्माणपक्षले शनिबार चलचित्रले ४२ लाखको ग्रस कलेक्शन गरेको जानकारी दिएको छ । निर्माता सुशिल पोखरेलले हलबाटै लगानी उठ्न अझै ५० लाखको व्यापार हुनुपर्ने बताएका छन् ।करिब ६५ लाख लगानी रहेको चलचित्रको १४ लाख रुपैयाँ डिजिटल राइट्स र ५ लाख विज्ञापनबाट उठिसकेको निर्माता पोखरेलले बताएका छन्। </p><p style="text-align: justify; ">निखिल उप्रेती, प्रियंका कार्की, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि, शिशिर भण्डारी लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई जगदिश्वर थापाले लेखन तथा निर्देशन गरेका हुन् ।</p>