<pre><b>बैशाख, काठमाडौं।</b></pre><p style="text-align: justify; ">नेपाली सिनेजगतमा महानायकको रुपमा चिनिएका राजेश हमाल यतिवेला त्यति अभिनयमा देखिएका छैनन्। अभिनयमा बाट फुर्सद पाइरहेका उनी पछिल्लो समय सामाजिक कार्यमा भने निकै संलग्न हुन थालेका छन्। हालै उनले काठमाडौको गोकणेश्वर क्षेत्रमा अपाङ्ग बालबालीकाहरुलाई राहत सामाग्री वितरण गर्दै उनीहरुमा प्रेम तथा सदभाव व्यक्त गरेका छन्। </p><p style="text-align: justify; ">जोरपार्टीमा आयोजित कार्यक्रममा हमालले समाजको अपांगलाई हेर्ने नजर फरक भएकाले मात्र सपांग र अपांगमा भिन्नता आएको जनाएका छन्। साथै अभिनेता हमालले अपाङ्गता भएका व्यक्तिले पनि अन्य सरह काम गर्न सक्ने भन्दै उनीहरु अगाडि बढ्न चाहे आफुले जस्तोसुकै सहयोग गर्न तयार भएको बताएका छन्। </p>