<pre><b>बैशाख, काठमाडौं। </b></pre><p style="text-align: justify; ">इफो ईन्टरटेन्मेन्ट द्वारा आयोजित प्रतियोगिता लिटिल स्टार–२०१७ सम्पन्न भएको छ। प्रतियोगितमा श्रेया महर्जन र अभिनव श्रेष्ठले लिटिल स्टार–२०१७ को उपाधि जितेका छन् । सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा निर्णायकको रुपमा अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, अभिनेताद्वय सविन श्रेष्ठ तथा निर्जन थापा र मोडल जिनस लामा रहेका थिए। </p><p style="text-align: justify; ">६८ जना बालबालिकाहरु बिच भएको प्रतिस्पर्धामा दिप्तेश सिंह तथा प्रकृति पोखरेलले सिनियरतर्फको फस्ट रनर्स अपको उपाधि जिते भने जुक्ति विक्रम शाही तथा मायोमी बज्रचार्य जुनियर तर्फको फस्ट रनर्स अप बन्न सफल भएका छन्। त्यस्तै सिनियरतर्फ श्रृजन त्रिपाठी तथा प्रज्ञा राई सेकेण्ड रनर्स अप भएका छन् भने आयान सिलवाल तथा सुप्रिया कार्कीले जुनियरतर्फको सेकेण्ड रनर्स अपको उपाधि जितेका छन्। </p>