<pre><b>बैशाख, काठमाडौ।</b></pre><p style="text-align: justify; ">चलचित्र क्षेत्रमा कलाकारहरुको व्यस्तता बढ्नु राम्रो कुरा हो।तर व्यस्तताका कारण उनीहरुलाई आफ्नो वास्तविक जिवनलाई समय दिन निकै कढिन परिहरेको हुन्छ। समयको मागका कारण व्यस्त भएका कलाकारहरुलाई पारिवारिक माहोलमा रम्ने समय कमै हुने गर्छ। यस्तैमा पछिल्लो समय एकपछि अर्को चलचित्रमा व्यस्त भइरहेका नायक हुन दयाहाङ राई। अभिनयमा व्यस्तता बढ्दै गर्दा उनलाई पारिवारिक माहोलमा निकै कम देखिने गरिन्छ्।</p><p style="text-align: justify; ">यसैविच एक मिडियासंगको कुराकानीमा दयाले व्यस्तताका कारण परिवारलाई समय दिन नपाएकोमा दुःख लागेको बताएका छन्। साथै उनले आफुलाई चलचित्र तथा अभिनय बाट केही समयका लागि टाढा हुने चाह रहेको बताएका छन्। आफुलाई भौतिक सुख संग लोभ नभएको बताउँदै दयाले केही समयसम्मका लागि अभिनयमा निष्कृय रहेर फुर्सदिलो जिवन जिउने इच्छा रहेको जनाएका छन्।</p>