बैशाख, काठमाडौं।

विश्व चलचित्र बजारमा नयाँ इतिहास रच्ने तयारीमा रहेको चलचित्र ‘जालो’ को ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ । विश्वकै लामो वन–सर्ट मुभीको रुपमा निर्माण गरिएको ‘जालो’मा रेमन्डदास श्रेष्ठ, मेनुका प्रधान, नीर शाह, निराजन प्रधान र मुना गौचन को मुख्य भुमिका रहेको छ। पुर्ण रुपमा व्यवसायिक बनाइएको यो चलचित्रले गिनिज बुकमा नाम लेखाउने तयारी गर्दैछ। एकै सर्टमा खिचिएको चार घण्टा लामो चलचित्र ‘जालो’ को ट्रेलर पुर्ण रुपमा व्यवसायिक देखिन्छ ।चलचित्र जेठ १९ बाट प्रर्दशनमा आउने भएको छ। जालो संगै एकै सर्टमा तयार पारिएको अर्को चलचित्र जालो रिटन्र्स भने अर्को वर्ष प्रदर्शनमा आउनेछ।