<pre><b>बैशाख, काठमाडौं। </b></pre><p style="text-align: justify; "> बलिउडका सुपरस्टार शाहरुख खान अब हलिउडमा इन्ट्री गर्न सक्ने खवर बाहिरिएको छ। हालै शाहरुख सेन फ्रान्सिस्को अन्तर्राष्ट्रीय फिल्म महोत्सवमा अमेरिकी फिल्मकार ब्रेट रैटनर संग एकसाथ मंचमा देखिएका थिए। महोत्सवको ६०औं संस्करणमा शाहरुखलाई सम्मान गरिएको थियो। र शाहरुखले ब्रेटलाई लुंगी डांस स्टेप सिकाएका थिए। यस पछि ब्रेटले शाहरुखलाई आफ्नो फिल्म रश आवर को सिक्वेलमा निर्देशित गराउने इच्क्षा जाहेर गरेका छन्। जसबाट शाहरुखलाई अब हलिउडमा देख्न सकिने भारतीय मिडियाले जनाएको छ। </p><p style="text-align: justify; ">ब्रेटले शाहरुख संगको तस्विर सेयर गर्दै भारतमा शाहरुखलाई लिएर रश आवर बनाउने चाह भएको बताएका छन्। साथै उनले शाहरुखले लुगीं डान्सको स्टेप सिकाएको भिडियो पनि शेयर गरेका छन्। महोत्सवमा उनीहरुको टिमअपले शाहरुख हलिउडमा आउन सक्ने देखिएको छ।एजेन्सी</p><p style="text-align: justify; "><br></p>





८ बैशाख २०७४, शुक्रबार ०६:४९ 







