बैशाख १६ गते ‘खड्ग गर्बुजा एकल गायन’ हुने

गोपिकृष्ण चापागाईं / बैशाख, काठमाडौं ।

बरिष्ठ लोक गायक खड्ग गर्बुजाद्धारा 'एकल गायन कार्यक्रम' हुने भएको छ । यहि बैशाख १६ गते प्रज्ञा भवन कमलादीमा हुने एकल गायन कार्यक्रममा गायक खड्गले आफ्नो चर्चित २१ गीत गाउने छन् । शुक्रबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा 'अग्रह स्रष्टालाई सम्मान नयाँ प्रतिभालाई प्रोत्साहन' भन्ने उद्देश्यका साथ एकल गायन कार्यक्रम हुन लागेको बताइयो ।

म्याग्दी कलाकार संघ काठमाडौंको आयोजनामा हुने एकल गायन कार्यक्रमको मुख्य उद्देश्य गायक खड्ग गर्बुजाले गीत संगीतमा पुर्याएको योगदान र मूल्यांकनको सम्मानको साथै मौलिक लोक संगीत संस्कृतिको संरक्षण र प्रबद्र्धनमा अझै बढी टेवा पुर्याउनु रहेको जानकारी दिइयो । कार्यक्रमका प्रमुख अतिथि तथा आयोजक संस्थाका संरक्षक गायक खड्ग गर्बुजाले एकल गायन आफ्नो एक इच्छा पनि भएको बताए । ‘मैले यस एकल गायनबाट ठुलो आशा त केहि गरेको छैन तर मेरो पहिल्यै देखिको इच्छा पनि हो त्यसैले आँट गरेका छौं’, खड्गले भने । साथै उनले एकबर्ष देखीको योजना अब आएर पुरा हुन लागेको बताएका थिए ।

बिगत तिनबर्ष देखी नेपाली लोकगीतको क्षेत्रमा सक्रिए रहँदै आएको म्याग्दी कलाकार संघ काठमाडौंले ग्याग्दीमा रहेका लोकसर्जकहरुलाई बिभिन्न सहयोग पुर्याउदै आएको छ । यसका साथै खड्ग पनि ग्याग्दी कै भएकाले पनि उनको एकल गायन कार्यक्रम राख्न लागिएको बताइयो ।

एकल गायन कार्यक्रमको अनुमानित खर्च रकम १३ लाख रुपैया अनुमान गरिएको र आर्थिक संकलन १७ लाख रुपैया गरिने अनुमानी गरिएको कार्यक्रममा बताइयो । साथै कार्यक्रमबाट खर्च कटाई बच्न आएको रकम कलाकार कल्याणकारी कोषमा जम्मा गरिने जानकारी दिइयो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बील पुर्जा मगर, सचिव सरिष्मा रामजाली, सल्लाहकार जालमाया बुढाथोकी लगायतले खड्गको लोकक्षेत्रको योगदान र एकल गायन गर्नुको उद्देश्यबारे प्रस्टाएका थिए ।

को हुन् खड्ग गर्बुजा

बि.स. २०२६ साल माघ २५ गते ग्याग्दीको मरांगमा जन्मिएका खड्ग हाल गोंगबु काठमाडौं बस्दै आएका छन् । शास्त्रीय संगीतमा जुनियर डिप्लोमा गरेका खड्गले बि.स. २०४७ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका थिए । उनले अहिलेसम्म एक हजार गीतमा स्वर दिइसकेका छन् भने उनका २५ वटा अडियो क्यासेट, एउटा भि.सि.डी. र एउटा अडियो सि.डी बजारमा प्रकाशित छन् । साथै उनले रेडियो नेपालबाट लोक गीत प्रतियोगीता पुरस्कार, जन कल्याण पुरस्कार थापाथली काठमाडौं, सुर्यनारायण पुरस्कार ग्याग्दी, नेपाल नेसिसबाट उत्कृष्ट राष्ट्रिय प्रतिभा पुरस्कार, अरुण थापा स्मृति संगीत पुरस्कार पनि पाइसकेका छन् ।

बि. सं २०४३ साल पुस ८ गते मंगलबार बिहान घाँस काट्ने क्रममा गाउँकै भिरबाट लडेर दुर्घटनामा परेंपछि उनी अशक्त भएका थिए । ह्विल चियरको भरमै देश बिदेशसम्म नेपाली लोक गीतसंगीतलाई चिनाएका खड्गले आफुले कहिल्यै पुरस्कारका लागी गीत नगाएका बताउदै आएका छन् । उनले कहिले रमाईलोको लागि, कहिले पिर व्यथा व्यक्त गर्न गाएको बताउछन् । खड्ग अहिलेसम्म नेपाली लोक गीतहरु गाउनकै लागी जापान, कोरिया, हङकङ, अष्ट्रेलिया, बेलायत, बहराइन, थाईल्याण्ड, फिलिपिन्स, फ्रान्स, जर्मनी, बल्जियम, पोर्चुगल र नेदरल्याण्ड गइसकेका छन् ।