‘पर्व’को ट्रेलरमा आक्रमक बनेकी नम्रता (भिडियो)

...

<pre><b>बैशाख, काठमाडौं।</b></pre><p style="text-align: justify;">पछिल्लो समय 'काले दाई काले दाई' बोलको गीतबाट चर्चा कमाइरहेको चलचित्र 'पर्व' को ट्रेलर रिलिज भएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चलचित्रको मोसन पोष्टर र ट्रेलर रिलिज गरिएको हो । थ्रिलर हरर तथा सस्पेन्सले भरिएको चलचित्रको ट्रेलरमा नायक कोशिश क्षेत्री लेखकको भूमिकामा देखिएका छन् भने नम्रता श्रेष्ठलाई मानसिक रोगीको भूमिकामा देख्न सकिन्छ ।साथै ट्रेलरमा नम्रतालाई भयानक रुपमा देखाइएको छ।&nbsp;</p><p style="text-align: justify; ">दिनेश राउतको निर्देशन तथा निकिता पौडेल र सुवास गिरीको संयुक्त निर्माणमा बनेको चलचित्र पर्वमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कोशिश क्षेत्रीको कथा, सुरेन्द्र पौडेलको सम्पादन, किरण माइकलको पटकथा तथा संवाद, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको एक्सन रहेको छ ।यो चलचित्र जेठ १२ गतेबाट रिलिज हुँदैछ ।&nbsp;</p><pre style="text-align: justify; ">Tralier:
<iframe frameborder="0" src="//www.youtube.com/embed/xDce3TR1fe0" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>