‘पर्व’ बनाउन सक्छु जस्तो लागेकै थिएनः निर्देशक राउत

...

<pre><b>बैशाख,काठमाडौ।</b></pre><p><p style="text-align: justify;">यस अघि 'क्लासिक','नोभेम्बर रेन' ,'आइ एम सरी' जस्ता &nbsp;लभ स्टोरी जनराका सफल&nbsp;&nbsp;चलचित्रको निर्देशन गरिसकेका निर्देशक दिनेश राउतले पछिल्लोपटक भने थ्रिलर सस्पेन्स जनरामा चलचित्र 'पर्व' निर्देशन गरेका छन्।&nbsp;<br>आईतबार चलचित्र 'पर्व'को प्रेसमिटमा बोल्दै निर्देशक दिनेशले आफुले यस अघि लभ स्टोरी जनरामा चलचित्र तयार पारेपनि यस पटक भने अरु भन्दा फरक शैलीमा चलचित्र बनाउने कोशिस गरेको बताएका छन्। उनले भने -'पहिलो पटक थ्रीलर, सस्पेन्स र हरर फिल्म &nbsp;निर्देशन गरेको छु । सुरुमा त मैले गर्न सक्छु जस्तो लागेको थिएन तर लभस्टोरी भएपनि थ्रीलर सस्पेन्स जे भएपनि आखिर चलचित्र नै हो। केवल शैली फरक भएको छ। तपाईहरुले चलचित्र हेरेपछिमात्र मैले कस्तो काम गरेको छु भन्ने &nbsp;थाहा पाउनु हुनेछ।'&nbsp;</p></p><p style="text-align: justify; ">&nbsp;नम्रता श्रेष्ठ र कोशिश क्षेत्रीको मुख्य अभिनय रहेको चलचित्र 'पर्व'मा कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ। यस अघि रिलिज भएको &nbsp;गीत काले दाई काले दाई ले पनि निकैनै चर्चा पाइरहेको छ।&nbsp;</p>