बैशाख,काठमाडौं।

त्रिशुली नदि आसपास बसोबास गर्ने वासिन्दाहरुले जिवनयापनको क्रममा नदी तर्नका लागि प्रयोग गर्न एक मात्र माध्यम ‘तूइन’ को विषयमा बनेको चलचित्र ‘तूइन’को ट्रेलर रिलिज भएको छ ।सोमबार सार्वजनिक ट्रेलरमा जोखिमपूर्ण तरिकाले तुईनबाट नदि वारपार गर्नु पर्ने पीडा समस्या दर्साइएको छ।

चलचित्रमा केहि बर्ष अघि स्कुल पढ्न जाँदा तूइन चुडिएर धेरै बालबालिकाले ज्यान गुमाउँदा एक्लै बाच्न सफल किशोर सुरजको वास्तविक कथालाई देखाइएको छ। उत्सव थपलियाको निर्देशनमा बनेको यस चलचित्रमा सुरज थापाको साथमा पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्का, चिराग थपलिया लगायतका कलाकारको अभिनय छ ।चलचित्रलाई अमेरिकामा बस्दै आएकी एनआरएन सृजना उप्रेतीले निर्माण गरेकी हुन् ।

चलचित्र प्रर्दशनको मिति तय भईनसकेको भएपनि जेठको अन्त्यमा प्रर्दशनमा ल्याउने तयारीमा निर्माण पक्ष रहेको छ।