
<pre><b>बैशाख, काठमाडौं</b></pre><p>जापानीहरुको विशेष पर्व गोल्डेन विकको अवसर पारेर हरेक वर्ष जापानका मुख्य शहरहरुमा साँस्कृतिक कार्यक्रम गर्दै आएको ग्रिष्मा इन्टरटेन्डमेन्ट र सूर्य कर्पोरेसनले यस पटक पनि ‘साकुरा नाइट २ जापान’ आयोजना गर्ने भएको छ।मे को पहिलो हप्तामा पर्ने गोल्डेन विकको अवसर पारेर आयोजना गर्न लागिएको यस कार्यक्रम जापानको चार शहरमा हुने भएको छ । </p><p>सुर्य कर्पोरेसनका ब्राण्ड एम्बेसडर रहेका संचारकर्मी एबं कार्यक्रम प्रस्तोता नरेश भट्टराइले साकुरा नाइट सञ्चालन गर्ने भएका छन् । कार्यक्रममा लोकप्रिय गायक प्रमोद खरेल, हाँस्य कलाकार सन्दिप क्षेत्री र नलिना चित्रकारको विषेश प्रस्तुति रहनेछ ।अघिल्लो बर्षको साकुरा नाईटमा नेपालका चर्चित गायक रामकृष्ण ढकाल, हिमाल सागर, मिलन अमात्य र हाँस्य कलाकार जितु नेपाल मुन्द्रेले प्रस्तुति दिएका थिए ।</p><p>गोल्डेन विकको पहिलो दिन २०१७ मे ३ तारिकका दिन टोक्योबाट कार्यक्रम सुरु हुने भएको छ भने मे ४ मा नागोया, मे ५ मा ओशाका र मे ७ मा फुकुओकामा कार्यक्रम हुनेछ । कार्यक्रमबाट हुने मुनाफा गरिव एवं असहायको सहारा बन्दै आइरहेको नेपालको मानब सेवा आश्रमलाई सहयोग गरिने सुर्य कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारी दिएका छन्।</p>