स्वस्तिमा र स्वरूपपुरुषको संवादसँगै सुरु भयो ‘छक्का पन्जा २’ छायांकन

बैशाख, काठमाडौं ।

दिपा श्री निरौलाले निर्देशन गर्ने चलचित्र 'छक्का पन्जा २' को छायांकन सुरु भएको छ । यो चलचित्र गएको बर्ष रिलिज भएको बल्कबस्टर चलचित्र 'छक्का पन्जा' को सिक्वेल हो । बिहीवार भक्तपुरको सूर्यविनायक मन्दिरको दृश्य खिच्दै चलचत्रिको छायांकन सुरु भएको हो । महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले फिल्मको सफलताको कामना गर्दै क्ल्याट ठोके भने कलाकार किरण केसीले नरिवल फुटाएर शुभसाइत गरेका थिए । चलचित्रको फस्ट सट् नायिका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकालले आफ्नो संवाद बोल्दै दिएका छन् ।

४० दिनसम्म खिचिने यो चलचित्रको लागत १ करोड २० लाख रहने जानकारी गराइएको छ । चलचित्रमा विकासराज आचार्यको कथा रहेको छ भने विकास राज नै चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रमामा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य  भूमिका रहनेछ । फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् ।

गतबर्षको छक्का पञ्जाका अधिकांश कलाकार दोहोरि पनि यसपटक मुख्य भुमिकामा स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल थपिएका छन् । साथै छक्का पञ्जामा निर्माताको रुपमा रहेका सिताराम कट्टेल (धुर्मुस) र कार्यकारी निर्मात निर्मल शर्मा यस सिक्वेलमा आउट भएका छन् ।  दीपक दीपाको प्रस्तुतीमा तयार हुन लागेको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई , सुमन गिरीको लगानी रहनेछ । चलचित्र यहि बर्षको असोज ११ गते रिलिज हुने समेत फाइनल भैसकेको छ ।