पाइरेसीको समस्या नहोस् भनेर ‘छक्का पञ्जा २’ युट्युवमा रिलिज नगर्ने भएका हौंः दिपकराज

बैशाख, काठमाडौं ।

बिहिबार देखी 'छक्का पञ्जा २' चलचित्रको छायांकन सुरु भएको छ । गतबर्षको सर्वाधिक रेकर्ड राख्न सफल भएको 'छक्का पञ्जा' चलचित्रको सिक्वेलको रुपमा रहेको यो चलचित्र अब ४० दिनसम्म लगातार छायांकनमा रहनेछ । चलचित्रकी निर्देशक दिपा श्री निरौलाले दिएको जानकारी अनुसार चलचित्रको जम्मा १ करोड २० लाख लगानी रहेने छ ।

यसैबिच निर्माता दिपकराज गिरीका अनुसार 'छक्का पञ्जा २' लाई युट्युवमा रिलिज गरिनेछैन । गतबर्षको 'छक्का पञ्जा'को पाइरेसीले सिकाएको पाठका कारण पनि उनले युट्युवमा रिलिज नगर्ने बताएका हुन् । साथै दिपकराजले अन्य ठुलो देशहरुका ठुला कतिपय चलचित्रहरु पनि युट्युवमा रिलिज नभएका उदाहरण दिन्छन् । हामीले चलचित्रमा आउने पाइरेसीको समस्या लाई पनि ध्यान दिँदै यस्तो घोषणा गरेका हौं, गतबर्ष पनि हामीले पाइरेसीको ठुलो समस्या खेप्नु पर्यो । फेरी बलिउड, हलिउडका ठुला चलचित्रहरु पनि हेरौं न कतिपय युट्युवमा आएकै हुँदैनन्  । आयो भनेपनि धेरै पछि आउँछन् ।, दिपकले बलिउड र हलिउडका उदाहरण दिँदै भने ।

चलचित्रमा विकासराज आचार्यको कथा रहेको छ भने विकास राज नै चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रमामा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य  भूमिका रहनेछ । चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । चलचित्र यहि बर्षको असोज ११ गते रिलिज हुने समेत फाइनल भैसकेको छ ।