नेपालमा बाहुबली प्रभावः हलमा छैनन् नेपाली चलचित्र

...

<pre><b>बैशाख, काठमाडौं।</b></pre><p style="text-align: justify; ">&nbsp;दर्शकहरुमाझ निकैनै प्रतिक्षित &nbsp;बनेको बलिउड फिल्म 'बाहुबली २'आज बाट &nbsp;विश्वभर प्रर्दशनमा आएको छ। बलिउडमा निकैनै रेकर्ड राख्न सफल यस फिल्मले नेपाली सिनेक्षेत्रमा पनि निकैनै प्रभाव पार्न सफल भएको छ्। जसका कारण ‘बाहुबली–२’ रिलिज भएपछि &nbsp;नेपाली हलहरुमा नेपाली फिल्म प्रदर्शन भएका छैनन्। त्यसोत बैशाख १ गते 'घामपानी', 'राधे' र 'लभलभलभ' प्रर्दशनमा आएपछि अरु कुनै नयाँ फिल्म प्रर्दशनमा आएका छैनन्। पहिलो हप्ता देखिनै यि तिन फिल्ममात्र प्रर्दशनमा आइरहेका छन्।&nbsp;</p><p style="text-align: justify; ">बलिउडका चर्चित फिल्महरु रिलिज हुँदा नेपाली फिल्महरु प्रर्दशनमा नआएको यो पहिलो पटक भने होइन्। ठूलो ब्यानरका बलिउड फिल्म प्रदर्शनमा आउँदा नेपालमा नेपाली फिल्म रिलिज हुँदैनन् । यो हप्ता ‘बाहुबली–२’ प्रदर्शनमा आउने भएपछि नेपाली फिल्मले हल खाली गरिदिएका हुन् । नेपालमा मल्टिप्लेक्समा ‘बाहुबली–२’ को बुधवारबाट बुकिङ खुल्ला गरिएको थियो । बुकिङ खुल्ला गरेकै दिन &nbsp;सोमबारसम्मका लागि सबै मल्टिप्लेक्सको टिकट सकिसकेको छ।&nbsp;</p><p style="text-align: justify; ">नेपाली बजारमा विदेशी फिल्महरु लाग्नुको कारण नेपाली फिल्म प्रर्दशनमा नै आउन नसक्नुले अझै पनि नेपाली फिल्महरुको कमी कमजोरी औल्याउन खोजेको भान हुन्छ्। आफ्नो घरेलु बजारमा विदेशी फिल्मले करोडौं व्यापार गर्दा &nbsp;किन नेपाली फिल्मले भने कमाई गर्न सक्दैनत? यो भने सोच्न लायक विषय बनेको छ।&nbsp;</p>