बैशाख, काठमाडौं ।

पछिल्लो समय नेपालमा पछि ठुलो बजेटमा नेपाली चलचित्र बन्न थालेका छन् । कुनैसमय एककरोड लगानी गर्न निकै हिच्किचाउने नेपाली चलचित्र निर्माता हरु यतिखेर करोड खर्चसँग सामान्य मान्ने गरेका छन् । नेपाली चलचित्रको बजार फस्टाएसँगै निर्माताहरु लगानीमा पनि अघि सरेका हुन् ।

यसैबिच नेपालमा पहिलोपटक ५ करोड लगानीमा चलचित्र बन्ने भएको छ । निर्मात्री सर्मिला पाण्डेले पहिलो पटक ५ करोडको लगानीमा नेपाली चलचित्र बनाउन लागेकी हुन् । शुक्रबार राजधानीका एक कार्यक्रम गर्दै यस्तो घोषणा गरिएको हो । चलचित्रको नाम भने अहिले नै तय नभइसकेको र अन्य केहि कलाकार भने तय गरिएको बताइएको छ । चलचत्रिलाई दिपेन्द्र के खनालले निर्देशन गर्नेछन् भने चलचित्रमा मुख्य कलाकारमा खगेन्द्र लामिछाने रहनेछन् । निर्मात्री सर्मिलाले यो भन्दा पहिले लभ लभ लभ चलचित्र निर्माण गरिसकेकी छिन् भने सोहि चलचित्रलाई दिपेन्द्र के खनालले नै निर्देशन गरेका थिए ।

महंगो बजेटमा बन्न लागेको यो चलचित्रमा पनि निर्देशक के खनालकै कथा रहने छ । चलचित्रको कथा तयार भइसकेको छ तर नाम भने तय गर्न सकेका छैनौं, मनमा धेरै नाम त आएका छन् तर कुन राख्ने भन्ने अन्योलमा छौं, छिट्टै तय हुन्छ, दिपेन्द्रले भने । हिँडेर अमेरिका जाने तीन जना नेपालीको कथा चलचित्रको मुख्य विषय भएको उनले बताए । मलाई लाग्छ कुनै पनि देशले यस्तो नौलो चलचित्र बनाएका छैनन्,” निर्देशक खानलले भने ।