
<pre><b>बैशाख, काठमाडौं। </b></pre><p style="text-align: justify; "> बक्स अफिसमा बाहुबली २ को कमाईलाई लिएर निकैनै चर्चा परिचर्चा भइरहेको छ। हुनत फिल्मले अहिलेसम्मको सबै रेकर्ड तोडिसकेको यस फिल्मको कमाईको अन्दाज सबैले लगाइसकेका छन्।गत शुक्रबार बाट प्रर्दशनमा आएको यस फिल्मले निकैनै सफलता हासिल गरिरहेको छ। फिल्मको यस्तो ऐतिहासिक सफलता देखेर फिल्मनिर्माता करण जोहर को खुसीको सिमा नै छैन। उनले हालै ट्वीटरमा फिल्म बाहुबली २ को वास्तविक कमाईको जानकारी दिएका छन्। </p><p style="text-align: justify; ">करण जोहर को ट्वीटका अनुसार फिल्म ‘बाहुबली २’ ले पहिलो दिनमै भारतीय बक्स अफिसमा कुल १२१ करोडको कमाइ गरेको छ। जसमा हिन्दी भाषामा रिलिज फिल्मले ४१ करोड कमाएको छ। र तमिल, तेलगु र मलयालम भाषाका फिल्मले ८० करोड जम्मा गरेका छन्। </p><p style="text-align: justify; ">यसबाट ‘बाहुबली २’ले आमिर खान को फिल्म ‘दंगल’ र सलमान खान को फिल्म ‘सुल्तान’ लाई पनि कमाईको हिसावमा धेरै पछि पारेको छ। </p><p style="text-align: justify; "> एस एस राजामौलीको फिल्म ‘बाहुबली२ :द कनक्लूजन’ को हिदी संस्करणलाई करणको कंपनी धर्मा प्रोड्क्शनले वितरण गरिरहेको छ।एजेन्सी</p>