
<pre><b>बैशाख, काठमाडौं।</b></pre><p style="text-align: justify; ">प्रेम कथामा आधारित चलचित्र ‘म यस्तो गीत गाउँछु’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ। चलचित्रकी नायिका पुजा शर्मा को जन्मदिनको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्रको गीत सार्वजनिक गरिएको हो।सार्वजनिक 'भन्छु आज' बोलको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको आवाज रहेको छ। गीतको भिडियोमा पल शाह र पुजा शर्माको लभस्टोरी देख्न सकिन्छ्। अर्जुन पोखरेलको संगीत रहेको यस गीतको भिडियोमा समावेश लोकेशन तथा दृश्यले पनि दर्शकको मन तान्ने देखिन्छ्। </p><p style="text-align: justify; ">असार ३० गतेदेखि प्रर्दशनमा आउने चलचित्र ‘म यस्तो गीत गाउँछु’मा पल र पूजासँगै सरोज खनाल, रुपा राना लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको यस चलचित्रमा प्रितम पाण्डेको सम्पादन, सुदर्शन थापा, दिनेश न्यौपानेको पटकथा तथा संवाद, विश्व गौतमको कस्ट्यूम डिजाइन रहेको छ ।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/50kklGefAcs" width="640" height="360" class="note-video-clip"></iframe><br></p>