बैशाख, काठमाडौं ।

एपि इन्टरटेन्मेन्टको आयोजनामा प्रतियोगिता मिस्टर एण्ड मिस हस्पिटालिटी सम्पन्न भएको छ। प्रतियोगितामा स्याङ्जा वालिङका रेशम कुमाल र पोखराकी प्रमिला गुरुङले मिस्टर एण्ड मिस हस्पिटालिटी नेपालको उपाधि जितेका छन् । प्रतियोगिताको विजेताले उपाधिसँगै ७५ हत्तर रुपैयाँबराबरको पुरस्कार प्राप्त गरेका छन्।

होटल बाटिकामा रेष्टुरेन्ट सुपरभाइजरको रूपमा कार्यरत रेशमले उपाधिसँगै ‘बेस्ट कन्फीडेन्ट’ भिवर च्वाइस अवार्ड आफ्नो पोल्टामा पार्दा प्रमिलाले शीर्ष उपाधिमै चित्त बुझाएकी छिन्। कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले मुख्य प्रायोजन गरेको कार्यक्रमको फाइनल पोखराको होटल ग्राण्डमा भएको हो । प्रतियोगिताको कोरियोग्राफी सुरज थापा मगरले गरेका थिए ।