
<pre><b>बैशाख, काठमाडौं। </b></pre><p>बलिउड स्टार अजय देवगन यतिवेला 'गोलमाल अगेन' लिएर आउने तयारीमा छन्। गोलमाल अगेनमा यसपटक परिणीति चोपडा लिड एक्ट्रेसको रुपमा रहने भएकि छिन्। तर हालै अजयले फिल्मको शुटिंग रोकेका छन्। उनले यस्तो केवल परिणीतिको लागि गरेका हुन्। भारतीय मिडियाका अनुसार परिणीति चोपड़ा यतिवेला आफ्नो फिल्म 'मेरी प्यारी विन्दु'को प्रमोशनमा व्यस्त छिन्। जसका कारण अजयले उनलाई साथ दिँदै फिल्मको सुटिंग केही समयका लागि रोकेका छन्। जसका लागि पुरै टीम उनको साथमा छन्। गोलमाल अगेनमा अजय र परिणीतिको साथै अरशद वारसी, श्रेयस तलपडे, कुनाल खेमू, तुषार कपूर र तब्बुको मुख्य भुमिका रहनेछ। एजेन्सी </p><p> </p><div><br></div>