बैशाख, काठमाडौं।

पछिल्लो समय दर्शकहरुको माझमा निकैनै चर्चित बनेकी बलिउड एक्ट्रेस आलिया भट्ट यति वेला आफ्नो आगामी फिल्म आशिकी ३ को सुटिंग मा व्यस्त छिन्। यस फिल्ममा आलियाले प्रेमी सिद्धार्थ मल्होत्राको साथमा रोमान्स गर्ने भएकी छिन्। हालै आलियाको बारेमा यस्तो खवर बाहिरिएको छ जसले उनको फ्यानहरुलाई चकित पार्न सक्छ्।

भारतीय मिडियामा आएको खवर अनुसार बुधबार बान्द्राको जिममा पुगेकी आलिया फ्यानहरु संग भड्किएकी छिन्। आलिया जब जिम पुगीन जिमको बाहिर कैयौं फ्यानहरु बसेका थिए। र आलियालाई देख्नासाथ उनको नाम लिएर बोलाउन थाले। हुनत आलिया आफ्ना फ्यानहरु संग निकैनै मित्रवत व्यवहार गर्छिन तर यो पटक भने फ्यानहरुसंग उनी भड्किएकी छिन्। फ्यानहरुले लगातार सेल्फी लिने कोशिस गरेपछि आलियाले फ्यान संग नराम्रो संग कराइन। र कराउंदै भनिन चुप लाग्नुस र यहाँ बाट बाहिर निस्किनुस। यस्तो भन्दै उनले वाचम्यानलाई फ्यानहरुलाई बाहिर निकाल्न लगाइन्। आलियाको यस्तो व्यवहारका कारण एक फ्यान त्यही ठाउंमा रोएका थिए। एजेन्सी