चलचित्र पत्रकार संघले डा. नवराज लम्साललाई सम्मान गर्ने

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारितामा योगदान पुर्याउने व्यक्ति हरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ। संघको शुक्रबार बसेको कार्यसमितीको बैठकले रेडियो नेपालमा कार्यरत डा. नवराज लम्साललाई चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने निर्णय गरेको हो। &nbsp;यसका साथै अनलाइनखबर डटकममा मनोरञ्जन विधाको पत्रकारितामा कार्यरत विजय आवाज र सगरमाथा टेलिभिजनमा कार्यरत पारस पौडेललाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । संघले उनीहरुलाई पुरस्कार स्वरुप रु.२१ हजार नगद, ताम्रपत्र र ट्रफीले सम्मान गर्ने बताइएको छ।यसअघि संघको पुरस्कार राशी १५ हजार रहेको थियो।&nbsp;</p><p style="text-align: justify; ">त्यस्तै पहिलोपोस्ट डटकममा कार्यरत स्वेच्छा राउतलाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।उनलाई प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी प्रदान गरिने छ। &nbsp;पत्रकारितामा आवद्द भएको छोटो समयमा नै चलचित्र पत्रकारितामा सक्रिय स्वेच्छालाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको बताईएको छ ।</p><p style="text-align: justify; ">आगामी जेठ ७ गते हुने १८ औं स्थापना दिवसको अवसरमा संघले सम्मान तथा पुरस्कार प्रदान गर्ने बताइएको &nbsp;छ।&nbsp;<br></p>