दिपक क्षेत्रीको सहयोगार्थ कलाकारहरुको फुटबल खेल सम्पन्न

बैशाख, काठमाडौं ।

भोकल कडको क्यान्सरबाट पीडित कलाकार दिपक क्षेत्रीको सहयोगार्थ कलाकारहरुको फुटबल खेल सम्पन्न भएको छ । शनिबार पेप्सिकोलास्थित फुटबल खेल मैदानमा भएको युवा तथा बुद्धिजिबी र कलाकारहरुको फुटबल खेलमा कलाकारको टोलीले शुन्यका बिरुद्ध तिनगोलले जितेको हो । कलाकारको टिमले पहिलो हाफमा २ गोल र दोस्रो हाफको खेलमा १ गोल गर्दासम्म युवाहरुको टिमले गोलगर्न सकेनन् । कलाकारको टिमबाट हरि डाँगी, आकाश खहस र शंकर बिसीले एकएक गोल गरेका थिए ।

बक्स अफिस नेपाल र काँडाघारी संयुक्त युवा क्लबको संयुक्त आयोजनामा भएको मैत्रीपुर्ण फुटबल खेलमा सहभागी भएको सम्पुर्ण कलाकार तथा युवाहरुको तर्फबाट कलाकार क्षेत्रीका लागी भौतिक सामाग्रीको सहयोग गरिएको थियो । बक्स अफिसका अध्यक्ष आरके सुवेदीले आर्टिस्ट खबरलाई दिएको जानकारी अनुसार क्षेत्रीको उपचारका लागी आर्थिक सहयोग जुटिसकेकोले एकबर्षसम्म पुग्नेगरी भौतिक सामाग्रीहरु सहयोग गरिएको हो । फुटबल खेलमा नायिका पुजा शर्मा , नायक पल साह , सलोन बस्नेत , धिरेन शाक्य , शोभित बस्नेत , जय किसन बस्नेत , दिनेश शर्मा , डिठ्ठा साप किशोर, महादेब त्रिपाठी , शंकर बीसि लगायतका कलाकारहरु सहभागी थिए ।