
<pre><b>बैशाख, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्र ‘सायद २’ ले यतिखेर नेपालमा प्रचारप्रसारको कामलाई तिब्ररुपमा अगाडी बढाइरहेको छ । आउँदो असार ३० गते देखि रिलिज हुने यो चलचित्रले नेपाल लगायत बिदेशमा पनि राम्रो चर्चा कमाइरहेको छ । यसैबीच यहि आउँदो१४मे मा जापानको राजधानी टोकियोमा निर्माण पक्षले चलचित्रको प्रिमिय गर्ने भएको छ । चलचित्रका निर्माता सुनिल रावलले दिएको जानकारी अनुसार उक्त विशेष प्रदर्शनी शो को लागि सम्पूर्ण तयारी सकिसकेको छ । चलचित्रको टोकियोस्थित नाकानो जिरो हलमा प्रिमिएर शो गरिने बताइएको छ । उक्त प्रिमिएर शो मा सहभागी हुनको लागि चलचित्रका निर्माता सुनिल रावल , प्रस्तोता दुर्गिश थापा, अभिनेता सुशील श्रेष्ठका साथमा पत्रकार श्याम अर्याल र सचित खड्का समेत१०मे मा जापान जाने भएका छन् । दर्शकको अत्यधिक माग कै कारणले नेपाल प्रदर्शनी अगावै जापानमा चलचित्रको विशेष प्रदर्शनी गर्न लागिएको अर्का निर्माता इश्वोर श्रेष्ठले बताए। </p><p style="text-align: justify; ">यसका साथमा चलचित्रको जापान विशेष प्रर्दशन शो बाट संकलन भएको रकम मध्ये केही जापानमा नै रहेका सुदूर पश्चिमका जेहेन्दार विद्यार्थीहरुको छात्रवृतिको लागि सहयोग प्रदान गरिने निर्माता श्रेष्ठले जानकारी दिएका छन् ।सफलता हासिल गरेको चलचित्र ‘सायद’ को सिक्वेल चलचित्र ‘सायद २’ ले अहिलेको युवा पुस्ताको ताजा कथा बोल्छ । दुर्गिश फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्रमा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना, सोभित बस्नेत, कुशल पाण्डे, सुनिल रावल, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धि लाल मगर लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रमा सुनिल रावलको कथा, राजु विक्रम थापाको छायांकन, अष्ट महर्जनको द्धन्द, गोविन्द राई र विक्रम स्वारको नृत्य निर्देशन रहेको छ । चलचित्रको लेखन तथा निर्देशन पुष्पराज टि न्यौपानेले गरेका छन् । यस्तै चलचित्रका निर्माता तर्फ भने सुनिल रावल, इश्वर श्रेष्ठ र सुवास लामिछाने रहेका छन् ।</p><div><br></div>