
<pre><b>बैशाख, काठमाडौं। </b></pre><p style="text-align: justify; ">बिगत लामोसमय देखी भोकल कडको क्यान्सरबाट पीडित कलाकार दीपक क्षेत्रीलाई अमेरिकाबाट पुनः सहयोग रकम मिलेको छ । क्षेत्रीलाई अमेरिकामा रहेका नेपाली कलाकर्मीहरुद्वारा सञ्चालित ‘कलाकार दिपक क्षेत्री उपचार सहयोग अभियान’बाट दुई चरणमा गरि जम्मा गरिएको ९ लाख ७० हजार हस्तान्तरण गरिएको छ । शुक्रवार क्षेत्रीकै निवासमा अभिनेत्री करिश्मा मानन्धरले ४ लाख ७० हजार रकम हस्तान्तरण गरिन् भने यसअघि नैक्षेत्रीलाई अभिनेत्री पूजा चन्दको हातबाट पाँच लाख रुपैयाँ हस्तान्तरण भईसकेको थियो ।</p><p style="text-align: justify; ">‘कलाकार दिपक क्षेत्री उपचार सहयोग अभियान’ का संयोजक सुरेश दर्पण पोखरेलले एक विज्ञप्ती जारी गर्दै कलाकार दीपक क्षेत्रीको उपचारका लागि सहयोग गर्ने सम्पूर्ण अमेरिकाबासी नेपालीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।काठमाडौंको हिमाल अस्पताल नक्सालका बरिष्ट डाक्टर बिमल सिन्हाको टोलीले दुई हप्ता अगाडि कलाकार क्षेत्रीको घाँटीको शल्यक्रिया गरेको थियो, जसमा उनको घाँटीमा क्यान्सर भएको पुष्टि भएको थियो ।‘भोकल कर्ड’ मा क्यान्सर भएपछि क्षेत्रीले स्वर गुमाउँदै गएका थिए । उपचारमा संलग्न चिकित्सकले क्षेत्रीलाई पहिलो चरणको क्यान्सर भएको बताएका छन् । </p><div><br></div>