लोकार्नो फिल्म फेस्टिभलमा दुई नेपाली चलचित्र

...

<pre><b>बैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">आगामी लोकार्नो फिल्म फेस्टिभलको ओपन डोर्स खण्डमा दुई नेपाली चलचित्र छानिएका छन् । छानिनेमा निरञ्जनराज भेटवाल निर्देशित ‘इन्द्रेणी परि’ र विभूषण बस्नेत तथा पूजा गुरुङले निर्देशन गर्ने ‘द होल टाइमर्स’ छन् । अन्य फिल्महरूमा श्रीलंका, पाकिस्तान, बंगलादेश र म्यानमारबाट समेटिएका छन् । आठमध्ये यी दुई नेपाली चलचित्रको स्क्रिप्टले अब निर्माणका लागि फन्ड प्राप्त गर्नेछन् ।</p><p style="text-align: justify; ">१ सय ५ मिनेट लामो ‘इन्द्रेणी परि’ ले सन्तान नभएका दुई वृद्ध दम्पतीको संवेगहरू चित्रण गर्छ । निर्देशक भेटवालले काठमाडौं नजिकको जिल्ला नुवाकोटको गाउँको सेटिङ उतारेका छन् । १ सय २० मिनेट लामो चलचित्र ‘द होल टाइमर्स’ लाई विभूषण र पूजाले निर्देशन गरेका हुन् । हराएका बाबु खोज्न १३ वर्षको बालक तत्कालीन विद्रोही माओवादीमा भर्ना भएको कथा यसले पेश गर्छ । दाध्याको सफलतापछि विभूषण र पूजाले फिचर फिल्ममा टीमअप गरेका हुन् ।</p><div style="text-align: justify; "><br></div>