स्वस्तिमालाई मोटरसाइकलमा घुमाउने प्रदिपको रहर (भिडियो)

...

<pre><b>बैशाख, काठमाडौं।</b></pre><p>२०७२ सालको उत्कृष्ट चलचित्र 'प्रेमगीत'को सिक्वेलको रुपमा बनेको चलचित्र 'प्रेमगीत २' यतिवेला दर्शकहरु माझ निकैनै प्रतिक्षित बनेको छ। यसै चलचित्रले हालै आफ्नो दोस्रो गीत सार्वजनिक गरेको छ। सार्वजनिक 'मोटरसाईकलमा..' बोलको गीतमा चलचित्रका नायक प्रदिप खड्का र नायिका स्वस्तिमा खड्काको नृत्य देख्न सकिन्छ्।&nbsp;</p><p>इन्दिरा जोशी र प्रताप दासको आवाजमा रहेको यस गीतमा एलिस कार्कीले संगीत भरेका हुन्। भिडियोलाई रेनिशा वान्तवा राईले कोरियोग्राफ गरेकी &nbsp;हुन् । सन्तोष सेनको निर्माण तथा &nbsp;रामशरण पाठकको निर्देशन मा बनेको यस चलचित्रमा प्रदिप र स्वस्तिमा को साथै अश्लेषा ठकुरी, भुवन चन्द, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । &nbsp;चलचित्र यसै साउन १३ बाट देशभर प्रर्दशनमा आउने भएको छ।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/KmzdUe0RSJo" width="640" height="360" class="note-video-clip"></iframe><br></p>