जन्मदिन बिशेषः नृत्यांगना बन्ने लक्ष्य लिएकी पल्पसा यसरी बनिन् कमेडियन्

गोपिकृष्ण चापागाई । बैशाख, काठमाडौं ।

राजधानीको किर्तिपुरको पाँगामा बि.स. २०३३ साल बैशाख २० गते जन्मिएकी पल्पसा डंगोलले आज (मंगलबार) आफ्नो ४१ औं जन्मदिन मनाउँदैछिन् ।

टेलिभिजनको पर्दामा हाँस्य टेलिसिरियल मेरीबास्सैको ५ औं भागबाट चम्सुरी उपनाम बाट दर्शकमाझ चिनिएकी पल्पसाको नृत्यांगना बन्ने लक्ष्य थियो । सानैैदेखी नृत्यमा रुचि राख्ने उनलाई घरबाट भने नृत्यक्षेत्रमा जाने अनुमति थिएन । बिभिन्न बहाना गरेर लुकेरै भएपनि आफ्नो नृत्य सिक्ने इच्छा पुरागरेकी पल्पसाले सन् १९९५ मा मिस नेपालमा भाग लिएकी थिइन् । त्यो बेला उनले मिस नेपालमा बेष्ट ड्रेसको अवार्ड समेत पाएकी थिइन् । साथै मिस नेपालको तालिम लिएपछि कलाकारिता क्षेत्रमा आउन ठुलो सहयोग मिलेको बताउने पल्पसा नेपाली टेलिसिरियलको क्षेत्रकी पहिलो महिला निर्देशकको रुपमा पनि चिनिन्छिन् । उनले दृष्टि नामक टेलिसिरियल निर्देशन गरेकी थिइन् । पल्पसाले आर्टिस्ट खबरसँग आफ्नो कलाकारिता क्षेत्रलाई यसरी सम्झिन्छिन् ।

नृत्यमा रुचि

मेरो सानैदेखी नृत्यांगना बन्ने लक्ष्य थियो तर घरबाट यो क्षेत्रमा सपोर्ट नभएकोले म लुकेरै भएपनि नृत्य सिकेँ । पछि मिस नेपालमा फर्म भर्न पाएपछि तालिम लिएँ र त्यहि तालिमपछि मलाई कलाकारिता क्षेत्रमा ठुलो सहयोग मिलेको हो । मलाई सिकाउनु हुने गुरु राजु शाहले ठुलो सहयोग गर्नुभएको छ ।

मिस नेपालको ट्रेनिङ दिने ट्रेनरले शिखर साँझ कार्यक्रम गर्नुभएको रहेछ र मलाई पनि त्यो कार्यक्रममा नृत्य गर्ने अवसर दिनुभयो त्यसपछि मेरो स्टेज कार्यक्रमहरुको शुरुवात भएको हो ।

छोरी पाएपछि मोटाएँ

शिखर साँझ कार्यक्रम लगत्तै मैले ‘श्रीमान श्रीमती’ टेलिसिरियलमा २० भागसम्म काम गर्ने मौका पाएँ । त्यसपछि पनि बिभिन्न स्टेज कार्यक्रमहरु तथा गाईजात्रा कार्यक्रमहरुमा नाच्दै आएँ । जब मेरो ठुलो छोरीको जन्म भयो त्यसपछि म धेरै मोटाउन थालेँ । मिस नेपालमा भाग लिनेक्रमसम्म निकै सिलिम थिएँ तर ठुली छोरीको जन्मपछि मोटाएकी हुँ ।

५ औं भागबाट मेरीबास्सैमा

मेरो दोस्रो सन्तान भएको दुई दिनको दिन नेपाल टेलिभिजन खोलेर हेर्दा मेरीबास्सै टेलिसिरियल आएको देखेँ । हामीसँग काम गर्ने दमन रुपाखेतीले मेरीबास्सै बनाउनु भएको रहेछ भन्ने थाहा भयो र ३७ औं दिनमा मलाई मेरीबास्सैका लागी प्रस्ताव गर्नु भयो र म मोटाएकी छु, अहिले सक्दिन होला भन्दा पनि दमनले झन् यस्तै भुमिकाका लागी चाहिएको हो भनेपछि मैले मेरीबास्सैमा ५ औं भागबाट अभिनय गर्न थालेकी हँु । मेरी बास्सैमा चम्सुरी बनेर आएपछि दर्शकले धेरै मन पराइदिनु भयो । साथै मेरो पहिलो म्युजीक भिडियोको कुरा गर्दा भट्टी पसलको साहुनी गीत हो । जुन गीतमा म देखिएपछि दर्शकले अझ मलाई चिन्नुभयो । पछि भट्टी पसलका धेरै गीतमा मलाई अफर आउन थाल्यो ।

महिला हिंसा बिरुद्ध काम गर्ने इच्छा

मलाई पुरुष र महिलालाई भेदभाव गरेको कत्तिपनि मन पर्दैन । महिलाले पनि पुरुष सरह काम गर्न सक्छन् । पुरुषले जे काम गर्छन ति काम महिलाले पनि गर्न सक्छन् भन्ने धारणा राख्छु । मेरै कुरा गर्दापनि मैले अहिलेसम्म अन्य पुरुष साथीहरुलाई मलाई स्टेज कार्यक्रममा लगिदिनुपर्यो मलाई यस्तो गरिदिनु पर्यो उस्तो गरिदिनु पर्यो भनेर अनुरोध गरेकी छैन । किनकी आफैले पनि गर्नसक्छु भन्ने लाग्छ र गरेकी पनि छु । कतिले कलाकारिता क्षेत्रमा काम गरेर जीविकोपार्जन गर्न गाह्रो हुन्छ भनेको सुन्छु तर यो कुरा मैले मान्दिन किनकी मेरै कुरा गर्दा मैले कलाकारिता क्षेत्रबाटै परिवार धानेकी छु । गाडि चढेकी छु । मैले घमण्ड गरेको त हैन तर यो क्षेत्रमा पनि गर्न सक्यो भने राम्रो छ भन्न खोजेकी हुँ ।

मलाई भविष्यको कुरा गर्दा महिला हिंसाको बिरुद्धमा धेरै काम गर्ने इच्छा छ । नेपालमा महिला हिंसा धेरै भएको सुनिन्छ र देखिन्छ पनि । भविष्यमा छिट्टै महिला हिंसा बिरुद्ध ठुलो केहि काम गर्ने सोचमा छु ।