
<pre><b>बैशाख, काठमाडौं। </b></pre><p style="text-align: justify; ">असार २ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र 'मन्दिरा'को ट्रेलर रिलिज भएको छ। एउटै घर भित्र खिचिएको यस चलचित्रको ट्रेलरमा कुनै नारी पात्रलाई लिएर उपन्यास लेखिरहेका उपन्यासकारको कथालाई देखाउन खोजिएको छ। प्रेम, रोमान्स, तथा सस्पेन्स जनरामा निर्मित यस चलचित्रमा नरेन खड्का,जेबिडिसी, प्रभन भुसाल, लक्ष्मि बस्नेत, राजन ढुङगाना, सम्झना श्रीपाली, राजन सुबेदी लगायतको अभिनय रहेको छ। </p><p style="text-align: justify; ">दिपेश सापकोटाको डेब्यु निर्देशनमा बनेको यस चलचित्रलाई करुणा अर्याल र उज्ज्वल अर्यालले निर्माण गरेका हुन्। चलचित्रमा अजित लामिछानेको पटकथा तथा संवाद ,देव राइको संगीत, सुशान्त प्रजापतिको छायांकन, अष्ट महर्जनको एक्सन तथा अर्जुन बीसीको कोरियोग्राफी रहेको छ ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/Bvr7kuDb3xk" width="640" height="360" class="note-video-clip"></iframe><br></p>